मतगणना अन्तिम चरणमाः ४ तहको मात्रै बाँकी, कस्को अग्रता कहाँ ?

काठमाडौं, २४ असार–  असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणको पुगेको छ । दोस्रो चरणमा निर्वाचन भएको ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये ३ सय ३० तहको मतणना सकिएको छ । अब ४ तहको मात्रै मतपरिणाम आउने बाँकी रहेको छ ।
परिणाम आउन बाँकी रहेका ४ स्थानीय तहमध्ये ३ मा नेकपा एमाले र १ मा नेपाली काँग्रेस अगाडी रहेका छन् । एमालेले सुनसरीको धरान उपमहानगरपालिका, कञ्चनपुरको पुनर्वास नगरपालिका र झापाको अर्जुनधारा नगरपालिकामा अग्रता लिएको छ भने कांग्रेस मोरङको विराटनगर महानगरपालिकामा अगाडी रहेको छ ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमाले नै पहिलो दल बन्न सफल भएको छ । मतपरिणाम सार्वजनिक भएका ३ सय ३० स्थानीय तहमध्ये १ सय ४८ तह जितेर एमाले पहिलो र १ सय २१ तहमा जितेर कांग्रेस दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्र भने ३८ स्थानीय तहमा विजयी हुँदै तेस्रो ठूलो दल बनेको छ ।
८ तह जित्ने संघीय समाजवादी फोरम चौथो हुँदा ६ तह जितेर लोकतान्त्रिक फोरम पाँचौं बनेको हो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ४, राष्ट्रिय जनमोर्चा २ र तीन जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here