मंगलबारबाट बाँकेमा जनता कर्फ्यु अटेरी गरेमा कडा कानुनी कार्वाही

सुरज मेघनाथ / प्रयाग गुप्ता

चैत १० बाँके

नेपालगन्ज उपमहानगरपालिका जिल्ला प्रशासन कार्यालयले भोलि देखि जनता कर्फ्यु लगाउने भएको छ। बाँके जिल्ला प्रमुख अधिकारी कुमार बहादुर खड्काले अनावश्यक रूपमा भईरहेको भिडभाड र हिड्डुललाई नियन्त्रण गर्नको लागि जनता कर्फ्यु लगाउनु परेको बताए । भोलि मंगलवार जनता कर्फ्यु बेला बाहिर निस्कने जोकोहीलाई प्रहरीले बल प्रयोग गर्न सक्ने भएकोले घर भित्र बस्न समेत खड्काले आग्रह गरेका छन् । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरस सक्रमणको जोखिम कम गर्न भनेर लकडाउन राखिएको थियो तर लकडाउन लाई अटेरी गर्दै सवारी साधन र स्थानियको हिड्डुल कम नभएपछी जनता कर्फ्यु लगाउने निर्णय गरिएको खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here