भ्रष्टाचारको अन्त्य, स्थिर सरकार र आर्थिक समृद्धिका लागि वाम सरकार

काठमाडाैं, ३० पुस – नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुषालले राजनीतिमा रहेको भ्रष्टाचारको अन्त्य नहुंँदासम्म मुलुकले समृद्धिको बाटो समात्न नसक्ने बताउनुभएको छ ।

रुपन्देही उद्योग संघको ३९ औ साधारणसभाको तथा २० औं अधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उपमहासचिव भुसालले राजनीतिमा भ्रष्टाचार मौलाएका कारण मुलुकले गति लिन नसकेको बताउंनुभयो । उहांँले भ्रष्टाचारको अन्त्य, स्थिर सरकार र आर्थिक समृद्धिका लागि बाम गठबन्धन तयार भएको दाबी गर्नुभयो ।

उपमहासचिव भुषालले अख्तियार, न्यायालय जस्ता निकायमा समेत दलीय आधारमा नियुक्ति हुँदा राजनीतिक भ्रष्टाचारको अन्त्य हुन नसकेको र त्यसरी गरिएका नियुक्तिहरुमा राजनीतिक सौदाबाजी हुने गरेको दावी गर्नुभयो ।

कार्यक्रमलाई प्रदेशसभाका सदस्यहरु भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, डा. कृष्ण न्यौपाने र तुलसी चौधरी, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारी, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलम,रुपन्देही उद्योगसंघका अध्यक्ष दिनेशराज रेग्मीलगायतले सम्बोधन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here