गौतमबुद्ध विमानस्थल निर्माणको काम सन्तोषजनक छैनः मन्त्री देव

काठमाडाैं,२५ असाेज–पर्यटनमन्त्री जितेन्द्रनारायण देवले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनकरुपमा अघि नबढेको बताउभएकाे छ ।

व्यवस्थापिका–संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री देवले विमानस्थल निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनी र नेपाली कम्पनीबीच समन्वय नहुँदा समस्या उत्पन्न भएको बताउनुभयाे । उहाँले विमानस्थलको काम अघि बढाउन मन्त्रालयले सरोकारवाला पक्षसँग गम्भीररुपमा वार्ता गरिरहेको जानकारी दिनुभयाे ।

उहाँले चिनियाँ ठेकेदार कम्पनी र नेपाली कम्पनीबीच भएको सम्झौता कार्यान्वयन नभएसम्म विमानस्थल निर्माणको काम अघि बढ्न नसक्ने बताउनुभयाे । हाल विमानस्थलमा ८० जना कामदार रहेको भन्दै उहाँ  कामदारको संख्या बढाउन दुवै कम्पनीलाई निर्देशन दिइसकिएको जानकारी दिनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here