काठमाडौँ,२२ मड्सिर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले भूमि व्यवस्थामा देखिएका समस्या समाधानका लागि ऐन तथा नियमको तर्जुमा भइरहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उहाँले कानून निर्माण नभएसम्म भूमिसम्बन्धी समस्या समाधान गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोवासी, जोखिमयुक्त क्षेत्रका बसोवासी, मोही र जमीनदारबीचको समस्यालाई वर्गीकरण गरी समस्या समाधानतर्फ लाग्ने उल्लेख गर्नुभयो ।
सुकुम्वासी समस्या समाधानका लागि शक्तिशाली आयोग बनाउन लागेको पनि उहाँले स्पष्ट पार्नुभयो । गुठीसम्बन्धी नयाँ ऐन ल्याइने तथा गुठीलाई प्राधिकरणमा लैजाने तयारी सरकारले गरिरहेको उहाँको भनाइ थियो ।

