कोहलपूर बाँके, कार्तिक २१
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन(अनेरास्ववियू) बाँकेको नेतृत्वमा बिहीबार बिहान कोहलपूरमा भारत विरुद्ध आन्दोलन भएको छ । सयौ विधार्थीहरुको हात हातमा प्लेकार्ड सहित भारत विरुद्ध नाराबाजि गरेका थिए । “सिमा मिच्न पाइदैन यस्तो छिमेकि चाहिदैन”
जस्ता नारा लगाएका थिए । भारतले आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश गरेकोमा अहिले नेपालभर भारतको विरोध भइरहेको छ । भारतले समावेश गरेको नक्सा फिर्ताको लागि “गो व्याक ईन्डियाको नारा लगाउदै” विरोध गरेका छन् । अनेरास्ववियू बाँके जिल्ला सचिव टेकेन्द्र मल्लको अगुवाइमा भएको बिरोध कार्यक्रममा भारतिय बिस्तारबाद मुर्दाबाद भन्ने नारा लगाउर्दै तत्काल नक्सा सच्याउन माग गरेका छन् । अनेरास्ववियू सचिब मल्लले भारतले गरेको यस्तो हरकत्त प्रति घोर निन्दा गरेका छन् । नेपालको नक्सा मिचिएर भारतले आफ्नो दादागिरी देखाएको मल्लले बताए । भारतले गरेको यस्ता कार्य तुरुन्त नसच्याए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।

