एजेन्सीः दुई सय वर्षको इतिहास बोकेको ब्राजिलको राष्ट्रिय संग्रहालयमा अगलागी हुँदा दुई करोड वटा वस्तु नष्ट भएका छन् । ब्राजिलको राजधानी रि दि जेनेरियोस्थित संग्रहालयमा आइतबार राति आगलागी भएको हाे ।

आगलागीका कारण मानवीय क्षति नभएपनि ब्राजिलको वैज्ञानिक खोज, इतिहास, संस्कृतिको धेरै ठूलो क्षति भएको संग्राहलयका अधिकारीहरुले बताएका छन्।ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो र पुरानो प्राकृतिक विज्ञान संग्राहलय थियो। हामीसँग सय वर्ष पुराना अमूल्य वस्तुहरु थिए ‘ संग्रहालयका उपनिर्देशक क्रिस्टिना सेरिजियोको भनाई उदृत गर्दै द गर्जियनले लेखेको छ।
अगलागीका कारण ब्राजिलको दुई सय वर्ष पुराना सम्पदा, इतिहास, वैज्ञानिक खोज, संस्कृति र शिक्षाका महत्वपूर्ण दस्तावेजहरु मेटिएको संग्राहलयका उपनिर्देशक लुइज डउर्टेले बताएका छन्। उक्त संग्राहलय रियो फेडरल विश्विवद्यालयको एउटा महत्वपूर्ण अंगको रुपमा स्थापित थियो। संग्राहलयमा १२ हजार वर्ष पुरानो महिलाको अस्थिपञ्जर, डाइनोसारका अवशेष, सन् १७८४ मा अन्तरिक्षबाट पृथ्वीमा खसेको आकाशीय पिण्ड (मिटिअराइट) जस्ता महत्वपूर्ण बस्तु संग्रह गरिएका थिए।

