बोक्सीको आरोपमा वृद्धा दम्पती कुटिए

काठमाडौं,१३ बैशाख । बोक्सी र बोक्सा आरोपमा कुटपिट हुँदा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ का वृद्धवृद्धा घाइते भएका छन् । ६० वर्षीय वृद्ध र उनकी श्रीमतीलाई एकै परिवारका चार सदस्यले कुछपिट गरेका हुन् । वृद्धा बेहोस भएर घटनास्थमै ढलेको प्रहरीले जनाएको छ ।
दुवै जनालाई उपचारका लागि नोबेल अस्पताल बेलबारीमा भर्ना गरिएको थियो । त्यसपछि वृद्धालाई विराटनगरको कोसी अस्पताल ल्याएर थप उपचार गरिएको छ । उनलाई संरक्षण दिने कोकन नेपालको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घरमा उनीहरु दुई जना मात्र बस्दै आएका थिए । आजको अन्नपूर्णमा खबर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here