एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बैङ्गलोरसंग सनराइजर्स हैदरावाद ४ विकेटले पराजित भएको छ । गए राति भएको खेलमा बैङ्गलोरसंग पराजित भएसंगै हैदरावादको प्लेअफमा छनोट हुने सम्भावना कठिन बनेको छ । आज हुने खेलमा कोलकत्ताले जित हासिल गरेमा हैदरावाद प्रतियोगिताबाट बाहिरिने पक्का छ । १ सय ७६ रनको लक्ष्य पछ्याएको बैङ्गलोरले ४ बल बाँकी छदाँ ६ विकेट गुमाएर पुरा पुरा गरेको हो ।
यसअघि बैङ्गलोरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको हैदरावादले निर्धा्रित ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । प्लेअफमा छनोट हुने एक टिमको टुङ्गो लाग्न बाँकी छ । हैदरावादको १४ खेलबाट १२ अंक छ । समान अंक भएपनि कोलकत्ताले एक खेल कम खेलेको छ । यस्तै आइसिएलमानै हिजो भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्स लाई ५ विकेटले हराएको छ ।
१ सय १६ रनको सामान्य लक्ष्य दिल्लीले २३ बल अगावै ५ विकेट गुमाएर पुरा गरेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धा्रित ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । दोस्रो स्थानको दिल्लीले १४ खेलबाट १८ अंक जोड्यो । दिल्लीको शीर्ष दुईको सम्भावना आज हुने मुम्बईको खेलले निर्धारण गर्नेछ । मुम्बई १६ अंक सहित तेस्रो स्थानमा छ । राजस्थान प्रतियोगिताबाट बाहिरिसकेको छ ।

