बेनी–जोमसोम सडक अबरुद्ध

म्याग्दी, १७ असोज– म्याग्दीको रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलामा आएको बाढीले ट्याक्सी बगाएको छ ।

बाढीका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पनि अवरुद्ध बनेको छ ।
पोखरेबगरदेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ४०५ नम्बरको ट्याक्सी गएराति बाढीले बगाएको प्रहरीले जनाएको छ ।
खोला तर्नेक्रममा बाढी आएर फसेको ट्याक्सी धकेलेर खोला पार गराउने क्रममा बगाएर कालीगण्डकीमा पु¥याएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।  चालक र यात्रु भने ट्याक्सी फसेपछि झरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here