बृहत लोकतान्त्रीक गठबन्धनको कार्यदलले काम गर्न थाल्यो

काठमाडौं, २१ असोज– प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिदै गएपछि दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् ।
नेपाली काँग्रेसको नेतृत्वमा बनेको ६ दलको बृहत लोकतान्तिक गठबन्धनले निर्वाचनलाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुटेको छ ।
लोकतान्त्रिक गठबन्धनले काँग्रेस नेता विमलेन्द्र निधीको संयोजकत्वमा निर्माण गरेको कार्यदलले आजदेखि आफ्नो काम अगाडि बढाउने भएको छ ।
लोकतान्त्रीक गठबन्धनबाट ६ दलीय कार्यदलमा काँग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक) बाट विक्रम पाण्डे, संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी रहेका छन् ।
कांग्रेसले आगामी चुनावकालागि घोषणापत्र निर्माणकालागि तयारी तिव्र पारेको जनाएको छ । अन्य सानादलहरु पनि निर्वाचनलाई आफ्नो पक्षमा पार्न आन्तरिक गृहकार्यमा व्यस्त छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here