काठमाडौं,१७ फागुन । सहिद स्मारक बि डिभिजन लिग फुटबलमा आजदेखी दोस्रो चरणका खेल सुरु भएका छन् । दोस्रो चरणको पहिलो खेलमा अहिले सातदोबाटो युथ क्लब र श्री भगवती क्लबीच प्रतिस्पर्धा भइरहेको छ ।
एन्फा मुख्यालयमा जारी खेलमा दुबै टोली जितको रणनीतिमा छन् । सातदोबाटो ११ अंकसहित समूहको ए को शीर्षस्थानमा रहँदै दोस्रो चरणमा पुगेको हो । श्री भगवतीले भने समह बि को उपविजेता बन्दै दोस्रो चरणमा स्थान बनाएको छ ।
आज हुने अर्को खेलमा तुषाल युवा क्लब र आरसीटी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो साढे ३ बजे सुरु हुनेछ । समूह बि बाट तुषाल युवा क्लब ११ अंकसहित शीर्ष स्थानमा रहँदै दोस्रो चरण पुगेको हो । आरसीटि समूह ए को उपविजेता हो ।

