काठमाडाैं,१७ भदाैं । बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएका श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना आज स्वदेश फर्कदै हुनुहुन्छ ।
दिउँसो साढे ३ बजे सिरिसेना सहितको श्रीलंकाली टोली कोलम्बो फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वदेश फर्कनुअघि सिरिसेनाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको काठमाडौं स्थित सचिवालयमा अन्तरक्रिया गर्नुहुनेछ ।
उहाँले स्वयम्भुस्थित आनन्द कुटी विहारको भ्रमण गर्नुभएकाे छ । सन् १९४३ मा कोलम्बोबाट आएका भिखु नारद महाथेरोले निर्माण गरेको आनन्द कुटी विहारमा श्रीलंका सरकारको सहयोगमा एक चैत्य निर्माण गरिएको छ ।
राष्ट्रपति सिरिसेनाले काठमाडौंमा रहेका श्रीलंकालीहरु सँग पनि भेट गर्नुहुनेछ । गत बुधबार काठमाडौं आउनुभएका राष्ट्रपति सिरिसेनाले हिजो लुम्बिनीको भ्रमण गर्नुभएको थियो ।
भ्रमणको क्रममा नेपाल र श्रीलंकाबीच कुटनितिक अध्ययन र युवा विकास सम्बन्धी दुई कार्यक्रमका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

