सुरज मेघनाथ /प्रयाग गुप्ता
चैत्र ३० बाँके
कोहलपुर नगरपालिका वडा नं. १४ स्थानिय मनकारी समाजसेबी बबिता शाही ठकुरीले आफ्नै लगानीमा अति विपन्न बर्गका परिवारलाई राहत वितरण गरीकी हुन् । विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको कहर चलिरहँदा नेपाल सरकारले पनि लकडाउन लागु गरि कोरोना भाइरसको रोकथाम तथा बाँच्ने उपाय र यसको प्रयास गरिरहेको छ । लकडाउनको कारण अति विपन्न बर्गका परिवारलाई दैनिक छाक टार्न समस्या भएको थाहा पाएपछि समाजसेवी शाहीले राहत वितरण गर्नुभएको छ ।
दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई मनकारी समाजसेवी बविता शाही ठकुरीले राहत स्वरुप १० किलो चामल, १ लिटर तेल, एक किलो नुन, माक्स, सावुन र १ किलो दाल वितरण गरेका हुन् । चित्रनगरका १८ परिवारलाई व्यक्तिगत लगानीमा राहत वितरण गरेको समाजसेवी बविताले जानकारी गराउनुभयो ।

