बारको मतगणना अन्तिम चरणमाः प्रजातान्त्रीक समुहको अग्रता

काठमाडौं,२० चैत ।  नेपाल बार एसोसियनसनको नयाँ नेतृत्वकालागि भएको निर्वाचनमा प्रजातान्त्रीक समुह अघि देखिएको छ । प्रजातान्त्रिक प्यानलका अध्यक्षका प्रत्यासी सुनिक कुमार पोखरेलले अग्रता कायम गर्नुभएको छ । मतगणनाको क्रम लगभग अन्तिम चरणमा पुगेको छ ।

अहिले मतगणना उपत्यका प्रवेश गरेको छ । हालसम्म नेपालगञ्ज र दाङ्गको देउखुरी बुथ बाहेक उपत्यका बाहिरको मत गणना सकिएको निर्वाचन समितीले जनाएको छ । प्रजातान्त्रिक प्यानलका महासचिवमा पनि अगाडी हुनुहुन्छ । १० हजार ३ सय १३ मतदाता रहेको नेपाल बारको शनिबार भएको निर्वाचनमा ८ हजार ३ सय २९ मत खसेको थियो ।
उपत्यकाभित्र मात्र ४ हजार ४३ मत खसेको छ । सर्वोच्च बारमा ६ सय ४४ मत रहेको छ भने पाटन पुनरावेदन बारमा १ हजार ६८ मत खसेको थियो । काठमाडौं बारमा १ हजार ५ सय ८० मत खसेको थियो । तीनवर्षे नयाँ कार्यसमितिका लागि ६३ उम्मेदवार मैदानमा रहेका छन् । बारको कार्यसमिति २५ सदस्यीय हुने छ । अध्यक्ष पदमा ८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here