भीम नेपाली, प्रयाग गुप्ता
नेपालगन्ज (बाँके) २६ चैत्र
नेकपा बाँकेका राष्ट्रिय युवासंगठनका युवा नेता जित शेष, मुस्लिम संगठन नेपाल ५ न प्रदेश कमिटी सदस्य अबाद सिद्दिकी जानकि गाउँ पालिका का युवा नेता हुसेनी यदाव र जानकि वार्ड न ३ का युवा संघठनका अध्यक्ष सहबुदिन शेष लगायतका युवाहरुले राहत बितरण गरेका छन । उनिहरूले १ केजि सुजि.१ केजि चिनी.१ पोका खाने तेल.२ सय ग्राम ड्राइफुरुट राहत वितरण गरेका छन ।
मुस्लिम समुदायको सुबेरात पर्बलाई लक्षित गरि यो राहत वितरण गरेको युवा संगठनका नेता जितले जानकारी दिए । उनले जानकि गापावार्ड न को ६ वाट का बिभिन्न गाउँ इन्दरपुर, कारमोहना, रामवापुर, बन्जरेगाउ, कालिकापुर, सफलपुर ८५ मुस्लिम घर परिवारलाई राहत वितरण गरेको बताए ।

