बसको ठक्करबाट एकको मृत्यु

मुग्लिन, २४ माघ। चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ग३ख ३२६९ नंको बसले लु५प ६८५६ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३स्थित कुरिनघाटमा गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोही गाउँपालिका– ४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापा रहेको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नबीन बुढाथोकीले बताउनु भयो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here