बर्दियाको गुलरिया बजारबाट ६ वटा भारतीय गाडी प्रहरी नियन्त्रणमा

काठमाडौं,३ असार । बर्दिया प्रहरीले गुलरिया बजारमा फेला परेका ६ वटा भारतीय नम्बर प्लेटका गाडीहरु राजस्व अनुसन्धान क्षेत्रीय इकाइ कार्यालय कोहलपुर बाँकेमा पठाएको छ । भारतबाट भन्सार छली चोरी पैठारी गरी अवैंध रुपमा नेपाल भित्र्याइए ६ वटा भारतीय नम्बर प्लेटका गाडी कोहलपुर पठाइएको हो ।

भन्सार छलीबाट नेपाल भित्र्याइएका भारतीय नम्बर प्लेटका गाडी राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनुभयो । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले पक्राउ करिब ७७ लाख रुपैयाँ मुल्य बराबरका ६ वटा गाडी राजस्व कार्यालय पठाएको हो ।

उपरीक्षक बास्तोलाका अनुसार प्रहरीले यूपी ४० एडी ४३१७ नम्बरको करिब २५ लाख मुल्य बराबरको स्कारपियो, यूपी ४० एन ४९५१ नम्बरको१० लाख मुल्य बराबरको कार, एचआर २६ बीबी ५७२३ नम्बरको ६ लाख मुल्य बराबरको कार, यूपी ३२ एफजेड ११२२ नम्बरको१५ लाखको कार, यूपी ३२ ईई ६४०६ नम्बरको ६ लाख मुल्य बराबरको कार र यूपी ४० डब्लू ११११ नम्बरको १५ लाख मुल्य बराबरको कार राजस्व कार्यालय कोहलपुर पठाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here