फ्रेण्ड्स् क्लब तिलोत्तमा गोल्डकपको क्वार्टरफाइनलमा

रुपन्देही,२५ फागुनः फ्रेण्ड्स् क्लब बुटवलमा जारी २० औं सस्ंकरणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । देवीनगरस्थित एन्फा टेक्नीकल सेन्टरको मैदानमा आज कास्की–११ लाई १–० गोल अन्तरले पराजित गर्दै फ्रेन्ड्स् क्लबले अन्तिम ८ मा स्थान बनाएको हो ।

फ्रेण्ड्स्को जितमा खेलको २९ औँ मिनेटमा विदेशी खेलाडी जोनल ग्लोरीले निर्णायक गोल गरे । फ्रेण्ड्स्का बसन्त गुरुङले खेलको म्यान अफ द म्याच बन्दै  २२ हजार २ सय २२ रुपैयाँ पाए । प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा भोलि आयोजक लाली रुपन्देही–११ र नवलपरासी–११ बीच प्रतिस्पर्धा हुनेछ ।

३ विभागीय सहित १० टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले ७ लाख ७७ हजार ७ सय ७७ तथा उपबिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ हात पार्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here