फेरी बम विस्फोट

बारा,४ मंसिर– बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालय पछाडि आज बिहान बम विस्फोट भएको छ ।

स्थानीय राधाकृष्ण ठकुरीको नजिकै पार्किङ गरिराखेको जिपमा अज्ञात समूहद्वारा बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभयो ।
निर्वाचन क्षेत्र नं ४ का प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी गाडी बा१४च ६३३० नंको जिपमा विस्फोट भएकामा मानवीय क्षति नभई गाडीमा सामान्य क्षति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here