प्रिमियर लिग डिपिएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै

धनगढी,१७ चैत–धनगढी प्रिमियर लिग डिपिएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै छ । आज हुने उद्घाटन खेलमा साविक विजेता टिम चौराहाले काठमाडौं गोल्डेन्ससँग प्रतिष्पर्धा गर्दैछ ।
टिम चौराहा सोमपाल कामी तथा काठमाडौं गोल्डेन्स ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रनेछ । धनगढी स्थित संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा दिउँसो १ बजेपछि खेल सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभिन्न ६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेता टोलीले २५ लाख रुपैयाँ प्राप्त गर्ने छ । त्यस्तै दोस्रो हुने टिमले १० लाख, तेस्रोले तीन र चौथोले दुई लाख प्राप्त गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here