प्रस्तावित तीन राजदूतको नाम अनुमोदन

काठमाडौं,८ माघ । संसदीय सुनुवाइ समितिले तीन जना राजदूतको नाम अदमोदन गरेको छ । समितिले कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानाडाका लागि भृगु ढुंगाना र स्वीट्जरल्यान्डका लागि मणिप्रसाद भट्टराईको नाम अनुमोदन गरेको हो । तीनैजना राजदूतको सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

अब राजदूत सिफारिस गर्दा समावेशी रूपमा नगरेकोमा सरकारलाई सचेत गराउने र आगामी दिनमा सिफारिस गर्दा समावेशी रूपमा गर्न निर्देशसमेत दिएको छ ।

उक्त विषयमा समितिले परराष्ट्र मन्त्रालयसँग छलफल गर्ने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वीट्जरल्यान्डबाट फर्किएपछि समितिमा बोलाएर छलफल गर्ने निर्णय भएको सभापति कर्णले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here