प्रधानमन्त्री देउवा चुनावी सभामा व्यस्त, बैतडी र दार्चुलाका चुनावी सभालाई सम्बोधन गर्दै

बैतडी,१ मंसिर–चुनावी अभियानका क्रममा पश्चिम नेपालमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज बैतडी र दार्चुलाका चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । दुईदिन देखि सुदूरपश्चिममै रहनुभएका देउवाले हिजो गृहजिल्ला डडेल्धुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवाले आज एकै दिन बैतडी र दार्चुलामा आयोजना हुने ५ वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यत्रलम रहेको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

देउवाले बिहान १० बजे दार्चुलाको खलंगा र दिउँसो १२ बजे लटिनाथ तथा दिउँसो १ बजे बैतडीको पुरचौडी हाटमा, दिउँसो २ बजे पाटनमा र दिउँसो ३ बजे मेलौलीमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ ।
कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले भोलि बझाङ र बाजुराका आमसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको उहाँका स्वकीय सचिव देउजाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here