प्रधानमन्त्री केपी ओलीले आज मन्त्रीपरिषद विस्तार गर्दै,अपरान्ह शपथ ग्रहणको तयारी

काठमाडौं,१४ फागुनः प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दो श्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

मन्त्रिपरिषद् विस्तारको तयारीका लागि एमाले–माओवादी दुवैले आइतबार आ–आफ्ना पार्टी नेतासँग सामूहिक, एक्लाएक्लै छलफलसमेत गरी आन्तरिक तयारी गरेका थिए।

प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष दाहालसँग आइतबार साँझ प्रधानमन्त्री निवासमा झन्डै एक घण्टा एक्लै भेट गरी सरकार विस्तारका विषयमा छलफल गरेका थिए।

‘प्रधानमन्त्रीले अब सरकार विस्तार गर्नुहुन्छ’, एमाले महासचिव ईश्वर पोखरेलले अन्नपूर्णसँग भने, ‘सरकार विस्तारकै लागि उहाँले माओवादी अध्यक्षसँग छलफल गर्नुभएको छ। सोमबार चारबजेसम्म सरकार बिस्तार हुन्छ ।ु

स्रोतका अनुसार, प्रधानमन्त्री ओली र दाहालबीचको भेटमा दुवै पार्टीले सरकारमा पठाउन खोजेका मन्त्रीको प्रारम्भिक नाम र सरकारको नीति तथा कार्यक्रमका विषयमा समेत केन्द्रित रहेर कुराकानी भएको छ।

ओली नेतृत्वको सरकारमा १८ मन्त्रालय राख्ने र त्यसमा एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादी केन्द्रले ७ मन्त्रालय लिने गरी भागबन्डा भएको थियो। १० फागुनमै मन्त्रालय भागबन्डा लगाए पनि दुवै पार्टीले आफ्ना भागमा परेका मन्त्रालयमा मन्त्रीको आकांक्षी धेरै हँदा टुंगो लगाउन सकेका थिएनन्। मन्त्री बन्न दुवै पार्टीका आकांक्षीको ‘प्रेसर’ थेग्न ओली–दाहाल दुवैलाई सकस परेपछि निर्णयमा पुग्न ढिलाइ भएको हो।

प्रधानमन्त्रीले पार्टीबाट मन्त्रिपरिषद्मा पठाउने नेताहरूको नामका विषयमा पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलसँग पनि आइतबार छलफल गरेका थिए।

प्रधानमन्त्रीले नेता नेपालसँग एक्लै र अन्य नेतासँग भने सामूहिक रूपमा सरकारमा पठाउने मन्त्रीहरूको विषयमा परामर्श गरेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
अझै टुंगिएन मन्त्री
प्रधानमन्त्री र माओवादी अध्यक्षबीच आज मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भए पनि दुवै पार्टीले अझै सरकारमा पठाउने मन्त्रीको टुंगो भने लगाउन सकेका छैनन। दुवै पार्टीमा आकांक्षी नेताको संख्या बढी भएको र आकांक्षीमध्ये पनि धेरैले गृह, अर्थजस्ता महत्वपूर्ण मन्त्रालयमै दाबी नछाडेका कारण ओली–दाहाल दुवै निर्णयमा पुग्न सकिरहेका छैनन्।

माओवादीले प्रदेशस्तरबाट सम्भावित मन्त्रीहरूको सूची तयार पारेर छनोटको काम बाँकी राखेको छ। एमालेमा पनि अध्यक्ष ओलीले वरिष्ठ नेतासँग परामर्श गरेर नाम तय गर्न थालेका छन्। यद्यपि निर्णयमा भने ओली पनि पुगिसकेका छैनन्।अदुवै पार्टीले सांसदहरूको प्रेसर कम गराउन भए पनि सोमबार मध्यान्ह्सम्म मात्रै नाम फाइनल गर्ने गरी तयारी गरेका छन्।

आज बिहान कार्यालयको बैठक बसेर मात्र पार्टीबाट सरकारमा जाने मन्त्रीको नाम फाइनल हुन्छ, अहिले नै टुंगिहालेको छैन’, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here