प्रदेश ७ को बैठक दुई पटक स्थगित

धनगढी,१७ चैत– प्रदेश नं ७ को प्रदेशसभा बैठक आजपनि स्थगित भएको छ । बैठकमा छलफलकालागि कुनै विजनेश नभएपछि दुई पटक बैठक स्थगन भएको छ ।
बैठकमा छलफलका लागि प्रस्ताव गरिने विधेयक समयमै प्रदेश सचिवालयमा दर्ता हुन नसकिरहेको कारण बैठक स्थगन गर्नुपरेको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताउनुभयो ।
सम्बन्धित मन्त्रालय÷निकायबाट प्रदेश सचिवालयमा विधेयक दर्ता गर्न भइरहेको ढिलाइले बैठक स्थगित भएको प्रदेश सचिवालयले जनाएको छ । आगामी बैठक चैत २० गतेका लागि तोकिएको सचिव शर्माले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here