प्रदेश ३ का सांसदले भने प्रदेशको नाम नेपालमण्डल

काठमाडौँ, २० फागुनःप्रदेश नं ३ को प्रदेशसभाका सदस्य डा अजयक्रान्ति शाक्यले सो प्रदेशको नाम ‘नेपालमण्डल’ राख्नु सबै दृष्टिकोणबाट उचित हुने बताउनुभएको छ ।

लिच्छविकालदेखि यस प्रदेशमा रहेका क्षेत्रलाई ‘नेपालमण्डल’ भनिएको जनाउँदै नेकपा एमाले समानुपातिक सांसद् शाक्यले भूगोल, जनसंख्या र पहिचानका आधारमा सो नाम उचित हुने जनाउँदै नेवाः, ताम्सालिङ वा वागमती जोडिएका नामले सबै आधारलाई समेट्न नसक्ने जनाउनुभयो ।

आफ्नो अवधारणा आज यहाँ पत्रकारहरुलाई जानकारी गराउँदै उहाँले प्रदेशको स्थायी राजधानीका लागि काभ्रेको पाँचखाल, मण्डनभ्याली वा पलान्चोक भगवती उपयुक्त हुने पनि स्पष्ट गर्नुभयो ।

सो प्रदेशसभाले पहिले राजधानीबारे निर्णय गरेपछि नामकरणको कार्यसूचीमा छलफल गर्ने बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here