प्रदेश -२ को सभामुखमा राजपाका सरोजकुमार यादव निर्विरोध

काठमाडौं, १ फागुन – प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद सरोजकुमार यादव निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुख पदका लागि यादवको एकल उम्मेदवारी दर्ता भएपछि उहाँ निर्विरोध भएको संसद् सचिवालका सचिव वंशीराज पौडेललले बताउनुभयो ।

यादव सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा भने भोलि मात्रै हुनेछ । ‘सभामुखको उम्मेदवारीका लागि तोकिएको आज २ बजेसम्म यादवले मात्र उम्मेदवारी दर्ता गरेका छन्,’ सचिव पौडेलले भन्नुभयो, ‘भोलि बस्ने प्रदेशसभा बैठकबाट सभामुख निर्वाचित हुने छ ।’ भोलि प्रदेशसभा बैठक १ बजेका लागि बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here