प्रदेश २ को निर्वाचन कुनै हालतमा रोकिदैनः प्रधानमन्त्री

web

जनकपुर, २० साउन–  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी सहभागी नभएपनि असोज २ का लागि तय भएको निर्वाचन नसर्ने बताउनु भएको छ ।

आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले प्रदेश नम्बर २ को निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने बताउनुभयो ।
यद्यपि, राजपालाई चुनावमा ल्याउन सरकारले प्रयास गरिरहेको उहाँको भनाइ छ । राजपालाई सहमतिमा ल्याएर नै चुनाव गर्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री देउवाले राजपा नआएपछि असोज २ को चुनाव भने नरोकिने दोहो¥याउनुभयो ।
असोज २ को चुनावपछि कांग्रेस पहिलो पार्टी बन्ने उहाँको दाबी छ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले संविधान संशोधन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको भन्दै संशोधनका लागि आवश्यक दुई तिहाई नपुगेकाले अप्ठ्यारो भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here