काठमाडौं,३१ बैशाख–प्रदेश -३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानूनको अभावमा प्रदेश सरकार भूमिकाबिहीन अवस्थामा रहेको बताउनु भएको छ ।
मुख्यमन्त्री पौडेलले कानूनको अभावले गर्दा प्रदेश सरकारले स्थानीय तहलाई चालु आर्थिक वर्षमा कुनै किसिमको अनुदान दिन नसकेको बताउनुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरले हेटौंडामा आयोजना गरेको प्रथम जिल्ला सभा एवं समीक्षा बैठकको उदघाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार आफूलाई आवश्यक पर्ने ऐन कानून बिस्तारै निर्माण गर्दै टुकुटुकु हिँड्नसम्म थालेको बताउनुभयो ।

