प्रदेश नम्बर २ का अधिकांसमा क्षेत्रमा मतगणना सुरु

काठमाडौं, ३ असोज– प्रदेश नम्बर २ मा भएको स्थानीय तह तेस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ । निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये अधिकांशमा मतगणना शुरु भएको हो । मतपेटिका संकलन गर्ने काम सकिएलगत्तै गएरातिबाटै मतगणना सुरु गरिएको हो ।
केही स्थानीय तहमा भने मतगणना संकलनको काममा ढिलाई हुदा आजबाट मत मतगणना शुरु गरिएको सम्बन्धित निर्वाचन कार्यालयहरुले जनाएका छन् ।
सिराहाको लाहान, कल्याणपुर, मिर्चैया, धनगढीमाई, गोलबजार नगरपालिकामा मतगणना सुरु भएको छ । त्यसैगरी सिराहाकै लक्ष्मीपुर पतारी गाउँपालिकामा पनि मतगणना जारी छ ।
रौतहटमा ११ वटा स्थानीय तहमा मतगणना शुरु भएको छ । अन्य ७ वटा स्थानीय तहमा भने सर्वदलीय सहमतिपछि आजबाट मात्र मतगणना शुरु गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै धनुषाको मिथिला, धनुषाधाम, क्षिरेश्वरनाथ नगरपालिकामा मतगणना सुरु भएको छ अन्य स्थानिय तहमापनि गणना जारी छ । महोत्तरीका जलेश्वर, गौशाला र बर्दिबास नगरपालिकालगायत आठ स्थानीय तहको मतगणना जारी छ ।
बाराको देवताल, फेटा र बारागढी गाउपालिकामा मतगणना सुरु भएको छ ।अन्यमा तहमा आज बिहानदेखि मात्र मतगणना शुरु गरिने बताइएको छ ।
सर्लाहीका लालबन्दी नगरपालिकासहित ५ स्थानीय तहको मतगणना जारी छ । पर्साको पर्सागढी नगरपालिका सहित ६ वटा स्थानीय तहमा गणना सुरु भएको छ । वीरगन्ज महानगरपालिकामा भने मतगणना शुरु गर्ने तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here