प्रदेश नं १ लाई नमूना प्रदेश बनाउने मुख्यमन्त्रीको प्रतिवद्धता

इलाम, १४ असार: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यस प्रदेशलाई नमूना प्रदेश बनाउने बताउनुभएको छ ।

इलाममा आजबाट शुरु भएको प्रदेश नं १ स्तरीय युवा महोत्सवलाई सम्बोधन गर्दै उहाँले युवा शक्तिलाई परिचालन गरेर यस प्रदेशलाई १० वर्षभित्रमा समृद्ध प्रदेश बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले विकास निर्माण, पर्यटन प्रवद्र्धन तथा कृषि र जलविद्युत्का क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर आफ्नो नेतृत्वको सरकारले काम अगाडि बढाइने बताउँदै हिमालदेखि तराईसम्म छोएको यस प्रदेशलाई समृद्ध बनाउन प्रत्येक नागरिकको उत्तिकै महत्व रहने छ भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here