पेस्तोलसहित एक युवकलाई पक्राउ

पर्सा, ६ फागुन- वीरगञ्जको तेजार्थ टोलबाट प्रहरीले आज एक थान स्वचालित पेस्तोलसहित एक युवकलाई  पक्राउ गरेको छ ।

नियमित गस्तीका क्रममा शंका लागी जाँच गर्दा वीरगञ्ज महानगरपालिका– २३ का २८ वर्षीय अजितप्रसाद कुशवाहाको गोजीबाट हतियार बरामद भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गस्तीमा रहेको प्रहरी देखेपछि भाग्न थालेका कुशवाहालाई नियन्त्रणमा लिई जाँच गर्दा स्वचालित पेस्तोल एक थान र सोमा प्रयोग हुने म्यागजिन एक थान बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

पक्राउ परेका कुशवाहालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी अनुसन्धान भइरहेको र उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here