काठमाडौं,२ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पाेरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको हो ।
नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल तीनैथरीमा प्रतिलिटर २–२ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ । हवाइ इन्धन (एटीएफ) तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ ।
निगमले गएराति १२ बजेदेखि लागू भएको जनाएको छ । घटेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ ।

