पेट्रोलियम पदार्थ, लागू भएन स्वचालित मूल्य

काठमाडाैं,४ पुस–स्वचालित मूल्य प्रणाली लागू नभएका कारण पेट्रोलिय पदार्थका उपभोक्ता मारमा परेका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा आएको उतारचढावको असर नेपाली बजारमा तत्काल नपरे पनि भारतीय आयल कर्पोरेसन (आईओसी) महिनामा दुई पटक मूल्य निर्धारण गर्दा समस्या आएको छ।

आईओसीले दिएको मूल्यअनुसार नेपाल आयल निगमले हरेक १५ दिनमा अर्थात् महिनाको १ र १६ तारिखमा निगमलाई पेट्रोलियम पदार्थको मूल्य सूची पठाउँदै आएको छ।

यही सूचीका आधारमा निगमले आईओसीबाट तेल किन्ने गर्दछ। आईओसीले दिएको मूल्यअनुसार स्थानीय बजारमा मूल्य समायोजन नहँुदा एकातर्फ निगमको घाटा बढ्छ भने अर्कोतर्फ एकै पटक ठूलो परिमाणमा बढेको मूल्यको मारमा समेत उपभोक्ता पर्दै आएका छन्।

भारतभन्दा नेपालमा इन्धन सस्तो हुँदा सीमा क्षेत्रमा इन्धनको अवैध रूपमा चोरी निकासीसमेत हुने गरेको छ । भारतभन्दा नेपालमा पेट्रोल प्रतिलिटर २० र डिजेल प्रतिलिटर २६ रुपैयाँ सस्तो छ ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले सस्तो मूल्यका कारण सीमा क्षेत्रमा केही समूहले इन्धनको चोरी निकासी गरेको जानकारी दिए । निगमका अनुसार सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले चोरी पैठारीलाई नियन्त्रण गर्न नसक्दा ठूलो परिमाणमा नेपालबाट इन्धन भारततर्फ जाने गरेको छ ।

तराईका जिल्ला नजिकै रहेका भारतीय क्षेत्रबाट सवारीसाधनमा इन्धन बोकेर भारततर्फ लगिने गरेको निगमको भनाइ छ। गोइतले भने, ‘उताभन्दा नेपालमा डिजेल र पेट्रोलमा ठूलो मूल्यअन्तर भएकाले अवैध रूपमा यस्तो कारोबार गर्ने समूहलाई राम्रै मुनाफा हुने भएकाले परिपाटीले ठूलो परिमाणमा इन्धन गइरहेको हामीलाई पनि जानकारीमा आएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here