पेट्रोलियम पदार्थ अभावको समस्या समाधान गर्नेः सरकार

काठमाडौं, २ भदौं– सरकारले पेट्रोलियम पदार्थसम्बन्धी सम्पूर्ण समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका बेला सरकारले हवाई इन्धन, खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेलको सहज ढुवानी, आपूर्ति तथा पाइप लाइन निर्माण एवं भण्डारणबारे गहन छलफल गर्ने कार्यसूची निर्धारण गरेको छ ।
परराष्ट्र सचिव शंकरदास बैरागीले नेपाली सवारीसाधनबाट ग्यास ढुवानी गर्ने, ती सवारीसाधनलाई विशेष अनुमतिपत्रको भारत सरकारद्वारा व्यवस्था गर्नेलगायत पेट्रोलियम पदार्थ आपूर्तिसँग सम्बन्धित सबै विषयमा प्रधानमन्त्रीको भ्रमणका बेला गरिने बताउनु भयो ।
नेपालका ग्यास व्यवसायीले आफ्नै ‘बुलेट’ बाट ग्यास आयात गर्न वर्षौंदेखि गरेको प्रयास भारतीय पक्षबाट कार्यान्वयन नहुँदा उत्पन्न समस्या समाधानमा भएका प्रयासबारे जानकारी दिने क्रममा सचिव शंकरदास बैरागीले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here