काठमाडौं,३० जेठ । चावहिलस्थित ओम अस्पतालमा पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि बिरामीको मृत्यु भएको छ । पित्तथैलीमा समस्या देखिएपछि ओम अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक इन्द्रवातीकी ५० वर्षीय रामप्यारी थापाको अपरेशन गरेको ६ दिनपछि बिहीबार मृत्यु भएको हो ।
थापाको गत शुक्रशार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । अस्पतालले बिहीबार मृतक घोषणा गरेको हो ।थापाको अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तहरुले बताएका छन् ।
थापाको मृत्यु भएपछि चावहिलको ओम अस्पतालमा तनाव उत्पन्न भएको छ । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलन छन् । परिवार तथा आफन्तहरुले अस्पताल परिसरमा नाराबाजी समेत गरेका छन् ।

