परराष्ट्रमन्त्री ज्ञवाली साताव्यापी भ्रमणकालागि युरोप प्रस्थान

काठमाडौं,८ साउनःपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली साताव्यापी भ्रमणका क्रममा युरोप प्रस्थान गर्नुभएको छ  । समकक्षी अगस्टो सान्टोस सिल्भाको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली गएराती साढे ९   पोर्चुगल प्रस्थान गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्रालयका अनुसार उहाँले भोलि सकमक्षी सिल्भासँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।  त्यसपछि भने परराष्ट्रमन्त्री ज्ञवाली बेल्जियम र लक्जेम्बर्ग जाने कार्यतालिका रहेको छ ।

बिहीबार बेल्जियमको ब्रसेल्स पुगेर उहाँले त्यहाँका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री डाइडियर रेन्डियर्ससँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सोही दिन परराष्ट्रमन्त्रीले नेपाली दूतावास तथा युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजद्वारा आयोजित कार्यक्रममा सामाजिक आर्थिक रूपान्तरणपछि नेपालको एजेन्डाबारे धारणा राख्ने कार्यक्रम छ । यस्तै शनिबार युरोपस्थित नेपाली राजदूतहरूको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here