नेविसंघ त्रिविको अध्यक्षमा कृष्ण शर्मा

काठमाडौं,८ जेठःनेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालयको विगत लामो समय देखि रिक्त रेहको अध्यक्षमा कृष्ण शर्मा चयन हुनुभएको छ । आज सम्पन्न विश्वविद्यालयको विद्यार्थीभेलाबाट विगत लामो समय देखि रिक्त रहेको समितिको अध्यक्ष पदमा सर्वसहमतिद्धारा चयन हुनुभएको हो ।
मुलकै गौरवशाली र स्वर्णीम इतिहास बोकेको केन्द्रीय विश्वविद्यालयमा नेतृत्व खाली हुदा सांगठनिक गतिविधीहरु संचालन गर्न कठिन भएका थियो ।
उक्त भेलाबाट सर्बसहमति भएका शर्मालाई नेपाल विद्यार्थि संघका उपाध्यक्ष त्रय खड्क बहादुर डागी, उर्मिला थपलिया र सागर परियारको संयुक्त हस्तारक्षरको पत्र प्रदान गरिएको थियो ।
शर्मालाई संघका प्रभावशाली नेता निलकण्ठ रिजाल, केन्द्रीय सदस्य पुजन गन्धर्व, जयराम दाहाल, लक्ष्मण पन्थी, रघु कार्की, खडक विसी लगायतका नेताहरुको समर्थन रहेको छ ।   साथै त्रिभुवन विश्वविद्यालयका अग्रह नेताहरुको पनि साथ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here