नेपाल राष्ट्र बैंकले २ अर्ब बढीको ट्रेजरी बिल बोलकबोल गर्ने

काठमाडौं,१३ फागुन । नेपाल राष्ट्र बैंकले आज २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । आज ३ बजे अनलाइन बिडिङ सिस्टमबाट बोलपत्र पेश गर्न सकिने छ । केन्द्रीय बैंकले ९१ दिन अवधिको यो ट्रेजरी बिल भोली जारी हुने जनाएको छ । आगामी जेठ १४ गते यो बिल परिपक्क हुनेछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन (बढीमा १ वर्ष) अवधिको स्रोत जुटाउन यस्ता बिलहरु बिक्री गरिन्छ । सरकारले ट्रेजरी बिल मार्फत आन्तरिक ऋण उठाउने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here