नेपाल–चीनबीच आज महत्वपुर्ण सम्झौता हुदै, राष्ट्रपतिका आजका कार्यक्रम यस्ता

काठमाडौं,१६ बैशाख । नेपाल–चीनबीचको पारवहन तथा यातायात सम्झौतामा आज हस्ताक्षर हुँदै छ । सन् २०१६ मा सम्पन्न सम्झौताको प्रोटोकलमा दुई मुलुकका राष्ट्र प्रमुखको उपस्थितिमा आज हस्ताक्षर हुन लागेको हो । नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र चिनियाँ यातायातमन्त्री ली सियाओपिङले सम्झौताको प्रोटोकलमा हस्ताक्षर गनुहुनेछ । प्रोटोकलमा हस्ताक्षरपछि नेपालको पहुँच उत्तरतर्फको समुद्रसम्म हुनेछ जसले दुईपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने चिनले बिश्वास लिएको छ भने नेपाल एकपक्षीय निर्भरताबाट मुक्त हुनेछ ।

यसैबिच राष्ट्रपति भण्डारीले आज बिहान बेइजिङको केन्द्रभागमा रहेको थ्येनआनमन स्क्वायरस्थित सहिद स्मारक स्तम्भमा पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । अपराह्न चिनियाँ समकक्षी सीसँग द्विपक्षीय वार्ताको कार्यक्रम छ । राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने कार्यक्रम छ । यसबाहेक द्विपक्षीय वार्तामा पारस्परिक महत्वका साथै नेपालको चौतर्फी विकासका पक्षमा थप सम्झौतामा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाकारी दिनुभएको छ ।

चोरी–निकासी नियन्त्रण, गुणस्तर कामय गर्ने, सूचना आदानप्रदान, सीमा भन्सार व्यवस्थित गर्नेजस्ता विषयमा केही सहमति र छलफल हुने बताइएको छ । यसअघि नेपाल लगानी बोर्ड तथा चीन वाणिज्य स्टक इन्टरप्राइजेजअन्तर्गत आर्थिक संयुक्त कमिटीबीच सहकार्य फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएको छ ।

गणतन्त्र स्थापनाको दशकपछि नेपाली राष्ट्रपतिको राजकीय चीन भ्रमणको अवसरमा चिनियाँ राष्ट्राध्यक्षसँग द्विपक्षीय औपचारिक वार्ताले यो अवसरलाई झन् बलियो बनाएको छ । भेटवार्ताबाट नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बलियो बनाउने आशा समेत लिएको छ । बीआरआईमा नेपालमा रेल ल्याउने योजना समावेश भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here