नेपाली तेक्वान्दो टोली अन्तर्राष्ट्रिय तेक्वान्दो सहभागी हुन भारत जादै

काठमाडौं, २ जेठ– अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली तेक्वान्दो टोली आज भारतमा प्रस्थान गर्दैछन् ।

भारतको अमृतसरमा मे १९ देखि २१ सम्ममा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा हुदैछ । चितवन जिल्ला तेक्वान्दो कार्यसमितीका उपाध्यक्ष समेत रहेका रोशन खानको प्रशिक्षणमा ११ पुरुष खेलाडीले अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गदैछन् ।

च्याम्पियनसिपमा सहभागीता जनाउन लागेका खेलाडी चितवनका हुन् । च्याम्पियनसिपमा पुरुषतर्फ ३२ केजी तौलसमुहमा आषिश सुवेदी,३८ केजी तौलमा सब्बीर रावल,४० केजीमा उस्मान कार्की,४५ केजीमा प्रवेश पण्डित ,४८ केजीमा सितल प्रजा र ५० केजीमा मोहम्मद उमर खानले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषकै ५२ केजीमा अब्बास खान,५८ केजीमा सागर तामाङ, ६३ केजीमा दिपेन्द्र नेपाली र ६८ केजीमा मोहम्मद कलिममुल्लाह मियाँले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here