नेपाली टोलीलाई चुनौतिःकुवेतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं,७ चैत । दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न कुवेत पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतको सामना गर्दैछ ।

नेपाल र कुवेतबीचको पहिलो मैत्रीपूर्ण खेल नेपाली समयअनुसार बेलुका ९ः१५ बजे सुरु हुनेछ । पहिलो पटक नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका योहान कालिनको पहिलो खेल हो । नेपालले दुई मैत्रीपूर्ण खेल कुवेतसँग खेल्न लागेको हो । नेपालले अर्को खेल मंगलबार खेल्नेछ । नेपाली टोलीमा राष्ट्रिय टोलीका ६ सदस्य छन् भने यू–२३ टोलीमा नयाँ खेलाडीले टोलीमा मौका पाएका छन् ।

नेपाली टोलीमा गोलकिपरः किरण चेम्जोङ, विकेट कुथु र विशाल श्रेष्ठ डिफेन्डरः रोहित चन्द, रवि सिलवाल, सुरज विश्वकर्मा, अजित भण्डारी, रञ्जित धिमाल, विराज महर्जन, सरोज दाहाल, देबेन्द्र तामाङ, मिडफिल्डरः रवि पासवान, बिक्रम लामा, बिशाल राई, टंक बस्नेत, सन्तोष तामाङ, हेमन गुरुङ, सुजल श्रेष्ठ  फरवार्डः रन्जन विष्ट, सुमन लामा, भरत खवास, विमल राना, नवयुग श्रेष्ठ, आशिष लामा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here