नेपाली आकाशको अडिट हुँदै, के हो अडिन ?

काठमाडौं, २० असार– अन्तराष्ट्र्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को बृहत् अध्ययन तथा मूल्यांकन टोलीले आजदेखि नेपाली आकाशको अडिट सुरु गर्र्नेे भएको छ ।
नेपालले हवाई सुरक्षाको क्षेत्रमा पछिल्लो समय उल्लेख्य सुधार गरेको दाबी गरिरहेका बेला आइकाओले बृहत् अध्ययन तथा मूल्यांकन गर्ने भएको हो ।
टोलीले आजदेखि असार २७ सम्म नागरिक उड्डयन प्राधिकरणसहित केही एयरलाइन्सहरुको अडिट गर्ने कार्यक्रम छ ।
आइकाओका क्याप्टेन भोउड्री युजेनी र एरोनटिकल इञ्जिनियर एडमण्ड बोहल्याण्ड अडिटका लागि नेपाल आइसकेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पछिल्ला केही वर्षदेखि आइकाओले नेपाललाई ‘सिग्निफिकेन्ट सेफ्टी कन्सर्न’ (एसएससी) सूचिमा राखेको छ ।
नेपाल आएको टोलीको अडिटपछि एसएससी हट्यो भने प्राधिकरणले युरोपेली आयोगलाई उनीहरुको ‘हवाई सुरक्षा सूची’ बाट नेपाललाई हटाउन आग्रह गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here