नेपालगन्जमा पुस २२ गतेदेखि वडा स्तरीय क्रेकेट हुदै

प्रयाग गुप्ता
बाँके ,मंसिर २८
नेपालगन्ज द ग्रुप अफ सिक्सटिन युथ क्लबले नेपालगन्जमा दोस्रो अन्तर वडा स्तरिय क्रीकेट प्रतियोगिताको आयोजना गर्दैछ । एमपी स्कूल ग्राउण्ड मा यही पौष २२ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरका २३ वटै वडाको सहभागिता रहने छ । यो बर्ष पुरस्कार राशी बढाएर प्रथम हुनेलाई दुई लाख , द्वितीय हुनेलाई एक लाख, म्यान अफ दि सिरिजलाई पचास हजार र अन्यलाई बीस हजार तथा आकर्षक गिफ्ट प्रदान गरिने आयोजकले जनाएको छ । यो पटक लेदरको बलले खेलाईने र खेलको उद्घाटन र समापन समारोहमा स्थानिय सङ्गै राष्ट्रिय कलाकारहरुले सांगेतिक प्रस्तुति दिने आयोजकले बताएका छन् । गत वर्षको उपाधी वडा न २३ ले वडा न ३ लाई पराजित गर्दै जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here