सुरज मेघनाथ / प्रयाग गुप्ता
बैशाख ०३ बाँके
नेपालगञ्ज उपमहानगरपालिका सुर्खेत रोडमा रहेको कमला मेडिसिन ड्रग हाउसमा बाँके प्रहरीले छापा मारेको छ। सरकारले विश्वब्यापी रूपमा फैलिएको महामारी लाई रोक्न निशुल्क रुपमा उपलब्ध गराएको सेनिटाईजर बिक्री वितरण गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बाँके को टोलिले हिजो मंगलबार बेलुका कमला मेडिसिन ड्रग हाउसमा छापा हानेको हो। एसआरनामक ड्रग कम्पनीले सरकारलाई शिशि बाहिर मुल्य नै नराखेर ( Not for sale ) समेत लेखेको र निशुल्क रुपमा दिएको एसआर केयर नामक स्यानीटाईजर कमला मेडिसिन मार्फत अबैध रुपमा बिक्रि बितरण गरेको पाईएको हो ।
सेनिटाईजरमा लेवल समेत अर्को लेबलले छोपिएको र प्रति शिशि रु. ६०० का दरले बिक्री बितरण गरेको भेटिएपछि कमला मेडिसिन ड्रग हाउस जिल्ला प्रहरी कार्यालय बाँकेले शिलबन्दी गरीएको प्रहरीले जनाएको छ।

