नेपालगँजमा पनि लाग्यो ‘गो ब्याक इंडिया’ को नारा

भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमी समावेश गरे पछि देशभरी प्रर्दशन भईरहेको छ । त्यही विरोधमा नेकपा निकट भातृ संगठन राष्ट्रिय युवा संगठन बाँके र अनेरास्वियु बाँकेले नेपालगँजमा प्रर्दशन गरेका छन् । वि.पी. चोकबाट सुरु भएको सहभागीहरुले ‘भारतीय विस्तारबाद मुर्दाबाद’, ‘गो ब्याक इंडिया’ र ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’ लगायतका नारा सहित विरोध प्रर्दशन गरेका छन् ।
भारतले आफ्नो राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र राखेको छ । यसको नेपालमा देशव्यापी बिरोध गर्दैछन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here