भीम नेपाली,प्रयाग गुप्ता
खजुरा(बाँके ) ७, बैशाख
बाँके निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगत नेकपा खजुरा गाउँ पालिका पार्टी को बैठकले कोरोना (कोभिड१९) बिरुद्ध अभियानमा गाउँ बाट गाउँ बचाउने विधि अपनाएर टोल – टोलमा ५/५ जनाको स्वयं सेवक टीम गठन गरि परिचालन गरको छ।आपत कालीन समयमा मानवीय सहयोग पुग्ने उद्देश्य का साथ एक साता भित्र रक्तदान कार्यक्रम गर्ने बताए। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राज कुमार बि. क.ले विश्व मा फैलिएको महामारी कोरोनालाई रोक्ने एक मात्र विधि स्वयम सेवक नै उत्तम विधि भएको बताउनु भयो।भोकमरीको कारण कोही विपतमा नपरुन भन्ने अपेक्षा राखी एक हप्ता भित्र १०० देखि 2०० क्विन्टल सम्म खाद्य जम्मा गर्ने र जनता द्वारा जनता लाई सहयोग गर्ने हेतुले विपत कोष स्थापना गरेको बताए।उक्त कोषमा ने. क.पा. का जिल्ला कमिटी सदस्य तथा खजुरा गाँउ पालिका वार्ड नम्बर ५ का इन्चार्ज गरीबेय शेख ले १० क्विन्टल चामल राहत संकलन समिति लाई प्रदान गरेको बताए। टोल – टोलमा गठन स्वयम सेवक ले स्थानिय सरकार संग सहकार्य गरी अगाडी बढने बताए। बैठकमा प्रमुख अतिथि निर्वाचन क्षेत्र नम्बर ३ का सह – इन्चार्ज डम्बर बहादुर बि. क.(तुफान) , अतिथि संविधान सभा सदस्य दल बहादुर सुनार ,भीम ओली ,देव रावल, निर्वाचन क्षेत्र नम्बर ३(ख) इन्चार्ज वेद निधि प्याकुरेल , भद्र प्रसाद देवकोटा,लगायत को नेता कार्यकर्ता को उपस्थिति थियो। सह – इन्चार्ज तुफान ले स्वयम सेवक ले संकट को समयमा रोग र भोक सँग लडन अग्रहनी भूमिका खेल्ने बताए।त्यसैले टोल समिति स्वयं सेवकले कोरोना बिरुद्ध प्रचार तथा रोकथाम आदि तथा सरकारलाई सूचना दिने कार्य समेत गर्ने जानकारी गराए। शुभचिन्तक,समर्थक र कोरोना बिरुद्ध का सहयोगी हातहरुको सहयोगको अपेक्षा गरेको छ।खजुरा गाउँ पालिका अध्यक्ष राज कुमार बि. क.को संयोजकत्वमा बनेको समितिले राष्ट्रिय बाणिज्य बैंक खजुरा शाखा मा खाता नम्बर ४३५००००३५८१ सञ्चालन गरेको छ।यसमा नगद प्रदान गर्नु हुने को नामावली यस प्रकार छ- राज कुमार बि. क. रू.५१००/- यम बहादुर महतरा रू.५०००/-,गेहेन्द्र धिताल रू.५०००/-,धन राम ओली रू.५०००/-,देव राम डि. सी.रु.५०००/- थप सदस्यहरूले रु३०००/- देखि ५०००/- सम्म विपत कोष मा जम्मा गर्न सक्ने छन। विपत कोषमा राहत संकलन समितिले सर्व पक्षीय तथा सर्व दलीय सबैलाई सहयोगको लागि आब्हान समेत गरेको बताए।

