नेकपा क्षेत्र नं ३ बाँकेले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने

भीम नेपाली
खजुरा,(बाँके) १६ वैशाख,मगंलबार
नेकपा क्षेत्र नं. ३ बाँकेले कोरोना भाइरसको जोखिमका कारण लगाइएको लगडाउनलाइ अझ प्रभावकारी बनाउन चुलो नबलेका नागरिकको चुलो बाल्न स्थानीय सरकारसंग समन्वयमा काम गर्ने भएको छ । क्षेत्र नं. ३ का संयोजक दीपेन्द्र बहादुर शाह युगान्त र सचिव किस्मत कुमार कक्षपतिले बैठकमा भएका निर्णय सार्बजनिक गर्दै राहत वितरण कार्य एकद्वार प्रणालीबाट गर्ने, लगडाउनलाइ प्रभावकारी बनाउन प्रशासनलाई सहयोग गर्ने र स्वयंसेवक परिचालन गर्ने जनाएका छन् । भारतसंग सीमा जोडिएकोले नाकामा मानिसको आवतजावत अवैध ओसारपसार रोक्न र बाहिरबाट आएका नयाँ नागरिकको खोजीमा लाग्ने, बन्दाबन्दी उलंघन गर्नेलाई नियन्त्रणमा लिन प्रशासनलाई सहयोग गर्ने निर्णय भएको जनाइएको छ । विश्व भर कोविड १९ बाट मृत्यु भएका नागरिक प्रति श्रद्धाञ्जली अर्पण गर्दै बिरामीहरोको स्वास्थ्य लाभको कामना गर्दै बैंककले कोरोना विरुद्धको अभियानमा खटिएका स्वास्थ्यकर्मी तथा सुरुक्षाकर्मीलाइ धन्यवाद ज्ञापन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here