निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा बम विस्फोट

काठमाडौं, २ असोज–  आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक तथा कर फर्छ्यौट आयोगका सदस्य चुडाामणि शर्माको घरमा विस्फोट भएको छ । बूढानीलकण्ठमा रहेको घरमा गएराति अपरिचित समूहले विस्फोटक पदार्थ पड्काएको हो ।
विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको बूढानिलकण्ठस्थित प्रहरीले जनाएको छ । घटना स्थलमा विद्युतीय तार र अन्य केही बस्तु फेला परेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शर्माले कर फर्छ्यौट आयोगमा रहँदा ११ अर्ब रुपैयाँ कर छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । शर्मालाई गैरकानूनी तवरले पक्राउ गरिएको भन्दै सर्वोच्चले थुना मुक्ता गर्न आदेश दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here