काठमाडौं, २ भदौं– निर्वाचन आयोगले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावको लागि सरकारलाई १७ बुँदे निर्देशन दिएको छ ।
प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावको शान्ति सुरक्षाको विशेष व्यवस्था मिलाउन आयोगले सरकारलाई निर्देशन दिएको हो ।
आयोगले कानून बमोजिम हात हतियार राख्न वा लिएर हिँड्न नपाउने गरी नियन्त्रणको व्यवस्था गर्न सरकारलाई भनेको छ।
कानून बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेको बन्द्ुक, पेस्तोल जस्ता हातहतियार पनि चुनावभरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्ने व्यवस्था गर्न आयोगले सरकारलाई सचेत गराएको छ ।
चुनाबको समयाबधिमा माधकपदार्थ उत्पादन तथा विक्रि वितरणमा पूर्ण रोक लगाउन पनि सरकारलाई ध्यानाकर्षण गराईएको छ ।

